प्रेमको सुवास

अली अली प्रेमलिला
पलाउनलाकै बेला
बिलीन भयौ यसै बेला
प्रेमलिला फुल्ने बेला

कता पुगै ? कता गयौ
प्रेमले शिखर चुन्मे बेला
हात समाइ तिम्रो प्यारा
यो सन्सार नै डुल्ने बेला

पर्ख आउछु भन्देउ
प्यारा प्रेमले सुवास
छर्ने बेला सङै हामी
हुनुपर्छ दु:ख सुख पर्ने बेला

जिन्दगीका सयौं खोली
सङ सङै तरौला नी
मर्ने बेला तिम्रै हातको
सिरानी लिइ मरौलानी

झट आउ ओ पियारा
प्रेमको सागर तर्नुपर्छ ।
बेला अब भयो भन्छ्न
खाली सिउदो भरनुपर्छ ।

एक अन्जुली माया लिइ
आइ दिए पुग्छ
तिम्लाइ कुनै गार्‍हो पर्दा
मन सारै दुख्छ ।