पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँले बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले भाउ बढाएको हो ।

इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्दा मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल प्रतिलिटर १६१ रुपैयाँ पर्नेछ ।


ADVERTISEMENT


This will close in 12 seconds