जाजरकोट, छेडागाड — नेपाली काँग्रेस नगर समितिको महत्वपूर्ण बैठक सम्पन्न

जाजरकोट जिल्लास्थित छेडागाड नगरपालिकामा नेपाली काँग्रेस नगर सभापति टोपेन्द्र अधिकारि को अध्यक्षतामा बसेको औपचारिक बैठक सम्पन्न भएको छ। बैठकले पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउन विभिन्न निर्णयहरू गरेकामा विशेष रूपमा केन्द्रित रह्यो।

बैठकले छेडागाड नगरपालिकाका वडा नं. १ देखि १३ सम्मका लागि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ। यस कदममार्फत स्थानीय तहमा पार्टीको संगठनात्मक विस्तार तथा सदस्य परिचालन प्रक्रियालाई सुचारु बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट निर्वाचित छेडागाड नगरपालिका कार्यपालिका सदस्य जसे कामि तथा छेडागाड नगरपालिका–२ का युवा धन ब. बुढालाई औपचारिक रूपमा नगर सभापति अधिकारी ले स्वागत गरिएको छन्। पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई अब पार्टीको नीति–दिशानिर्देशनअनुसार सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

बैठकमा स्थानीय विकास, संगठनात्मक व्यवस्थापन, आगामी राजनीतिक कार्यक्रमहरू तथा पार्टी सक्रियता विस्तारसम्बन्धी विभिन्न महत्त्वपूर्ण विषयमा छलफल गरी आवश्यक निर्णयहरू पनि गरिएको नगर सभापति अधिकारी ले जनाएका छन ।

नेपाली काँग्रेस छेडागाड नगर समितिको यो बैठकले स्थानीय राजनीतिक परिवेशमा सकारात्मक सन्देश गएको तथा पार्टी संगठनलाई थप गतिशील बनाउने विश्वास लिइएको छ।


ADVERTISEMENT


This will close in 12 seconds